• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एकैदिन ६८९१ ले कोभिडलाई जिते, १९६ को ज्यान गयो

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । गएको २४ घण्टामा नेपालमा एकैदिन ६ हजार आठ सय ९१ जनाले कोभिड जितेका छन् । सो अवधिमा आठ हजार दुई सय तीन नयाँ संक्रमित थपिएका छन् । 

गत २४ घण्टामा पीसीआर विधिबाट २० हजार २ सय ८६ जना र एन्टिजेन विधिबाट ६ सय ९३ गरी २०  हजार नाै सय ७९ जनाको परिक्षण गरिएको थियो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा एक सय ९६ संक्रमितले ज्यान गुमाएका छन् । यो सहित नेपालमा कोभिड संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच हजार चार सय ११ पुगेको छ । 

देश भर हालसम्म चार लाख ७२ हजार तीन सय ५४ जना संक्रमित भएका छन् । ती मध्ये तीन लाख ५२ हजार चार सय १४ जना निको भएका छन् । 

मन्त्रालयले आजबाट ‘घरमै पीसीआर परीक्षणका लागि नमुना संकलन गर्ने प्रोटोकल, २०७८’ सुरुवात गरेको पनि जानकारी दिएको छ । 
 

प्रतिकृया दिनुहोस