• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

९२४७ संक्रमित थपिए, थप २१४ को ज्यान गयो   

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । गत २४ घण्टामा  नेपालमा ९ हजार २ सय ४७ जना कोभिड संक्रमित थपिएका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  देशभर २१ हजार ६ सय ५३ पीसीसआर नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको छ । 

पछिल्लो २४ घण्टामा ५ हजार ७ सस ६७ जना संक्रमण मुक्त भएका छन् ।  योसँगै संक्रमण मुक्त हुनेको संख्या  ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ । 

गत २४ घण्टामा कोभिड संक्रमणबाट २ सय १४ जनाको ज्यान गएको छ ।  योसँगै ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको छ । 

प्रतिकृया दिनुहोस