९२४७ संक्रमित थपिए, थप २१४ को ज्यान गयो
काठमाडौं । गत २४ घण्टामा नेपालमा ९ हजार २ सय ४७ जना कोभिड संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २१ हजार ६ सय ५३ पीसीसआर नमूना परीक्षण गर्दा ९ हजार १ सय ९८ मा संक्रमण पुष्टि भएको छ । त्यस्तै ४ सय ३४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा पोजेटिभ देखिएको छ ।
पछिल्लो २४ घण्टामा ५ हजार ७ सस ६७ जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ३ लाख ४५ हजार ५ सय २३ पुगेको छ ।
गत २४ घण्टामा कोभिड संक्रमणबाट २ सय १४ जनाको ज्यान गएको छ । योसँगै ज्यान गुमाउनेको संख्या ५ हजार २ सय १५ पुगेको छ ।


प्रतिकृया दिनुहोस