• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

आईसीसीको वरियतामा नेपाल यथावत

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको नयाँ वरियताअनुसार नेपाल टी–२० र एकदिवसिय अन्तर्राष्ट्रिय दुबैतर्फ यथावत स्थानमा रहेको छ । टी–२० तर्फको वरियतामा नेपालले यसअघि आयरल्याड, नेदरल्याण्ड्स, जिम्बाब्वे र स्कटल्याण्डभन्दा अघि रहँदै ११ औं स्थान हासिल गरेको थियो । त्यस्तै एकदिवसिय अन्तर्राष्ट्रियतर्फ नेपाल १५ औं स्थानमा नै रहेको थियो । 

हालसालै मलेसियाविरुद्धको टी–२० सिरिज २–० ले जितेको नेपालले टी–२० विश्वकप छनौट अन्तर्गत चार खेलमध्ये दुईमात्र जित हात पारेको थियो । 

नेपाल यथास्थानमा रहेपनी अफगानिस्तानले वरियतामा ठुलै छलाङ्ग लगाएको छ । सातौं स्थानमा रहेको अफगानिस्तानले श्रीलंका, वेष्ट इन्डीज र बंगलादेशलाई उछिनेकोे छ । 

गत जुलाई २८ मा जारी गरेको नयाँ वरियता अनुसार पाकिस्तान टी–२० मा पहिलो स्थानमा छ । त्यस्तै इंग्ल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया र भारत क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौ स्थानमा छन् । 

छैठौंमा न्युजिल्याण्ड र सातौंमा अफगानिस्तान रहेका छन् भने आठौं, नवौं र दशौंमा क्रमशः श्रीलंका, वेष्ट इन्डीज र बंगलादेश रहेका छन् ।

त्यस्तै जुलाई ३१ मा जारी गरेको नयाँ वरियता अनुसार एकदिवसिय अन्तर्राष्ट्रियतर्फ नेपाल १५ औं स्थानमा रहेको छ । यसअघि पनि सोही स्थानमा रहेको नेपाल युएई र पपुवा न्युगिनीभन्दा मात्र अगाडि रहेको छ । एकदिवसिय अन्तर्राष्ट्रियतर्फ विश्वविजेता इंग्ल्याण्ड पहिलो स्थानमा छ भने भारतले दोस्रो स्थान कब्जा गरेको छ । त्यस्तै विश्वकपको उपविजेता न्युजिल्याण्ड तेस्रो स्थानमा छ । 

। 

प्रतिकृया दिनुहोस