• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

सँगै माछा मार्न गएका साथीको हत्या गरेर भाग्‍ने दुई जना पक्राउ

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । बर्दियाको राजापुरबाट माछा मार्न साथमा गएको साथीको हत्यापछि फरार भएका दुई जनालाई प्रहरीले पक्रेको छ । 

बर्दियाको राजापुर नगरपालिका–६ मानपुर महुवा घर भएका ४४ वर्षीय इन्द्रबहादुर थारुको हत्यामा संलग्न वीरेन्द्र साह र बालकृष्ण थारुलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय राजापुरका डिएसपी तिलक भारतीले जानकारी दिए । 

७ भदौ २०७५ मा वीरेन्द्र र बालकृष्णसँगै माछा मार्न गएका इन्द्रबहादुर थारुको शव भारतको बहराइच थाना सुजौलीस्थित जंगलमा फेला परेको थियो । 

प्रहरीको अनुसन्धानबाट वीरेन्द्र, बालकृष्ण र राजापुरकै गोपाल चन्द मिलेर इन्द्रबहादुरको हत्या गरेको खुल्न आएको छ । 

घटनामा संलग्न गोपाल चन्द अझै फरार छन् । आफ्ना श्रीमानको हत्या भएको भन्दै इन्द्रबहादुरकी श्रीमती ठकुनिया थारुले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस