सन्दीपको टोलीले चौथो खेल खेल्दै
काठमाडौं । स्टार लेगस्पीनर सन्दीप लामिछानेको टोली टोरन्टो नेशनल्सले आज ब्राम्पटन उल्भसविरुद्ध चौथो खेल खेल्दैछ । पहिलो तीनखेलमा एउटा जितेपनी दुई हारको कारण नेशनल्सलाई आजको खेल जित्नैपर्ने दबाव रहेको छ । उल्भसले भने अहिलेसम्म खेलेको तीनवटै खेल जितिसकेको छ ।
राष्ट्रिय टोलीको लागि टी–२० विश्वकपको एसियाली छनोट खेल्न सिंगापुर रहेका कारण सन्दीप टोरन्टोको लागि उपलब्ध थिएनन् । यसअघिको खेलको लागि उनी उपलब्ध भएपनी लामो यात्राबाट आएका सन्दीपलाई खेलाउने जोखिम छनोटकर्ताले लिन सकेनन् ।
आजको खेलमा भने सन्दीप खेल्ने पक्का रहेको छ । पछिल्लो समय विश्वस्तरीय लिगहरु खेलेर खारिएका सन्दीपलाई टोरन्टोले ६० हजार डलर मुल्यमा खरिद गरेको थियो ।
राउन्ड रोबिन लिग स्वरुपमा खेलिएको यस खेलको बाँकी तीन खेल जित्दै प्लेअफमा स्थान बनाउने दबाव रहेको कारणपनि टोरन्टोले अबका खेलहरुका लागि सबै शक्ति लगाउने पक्का रहेको छ ।
खेल नेपाली समयअनुसार राती १०ः१५ मा सुरु हुने तालिका रहेको छ ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस