• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

महँगो भयो सुन, तोलाको ६५ हजार ८ सय

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । पछिल्लो समय लगातार भाउ बढिरहेको सुनको मुल्यले नयाँ कीर्तिमान कायम गरेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेख गरेअनुसार छापावाल सुनको भाउ शुक्रबार तोलाको ६५ हजार ८ सय कायम भएको छ । त्यस्तै तेजावी सुनको भाउ प्रतितोला ६५ हजार ५ सय रहेको छ । 

यसअघि असार १० गते सुनको भाउ प्रतितोला ६५ हजार ५ सयसम्म पुगेको थियो । बिहीबार भने प्रतितोला ६५ हजारमा कारोबार भएको थियो । एकैदिनमा ८ सय रुपैंया बढेपछि सुनको भाउले कीर्तिमान कायम गरेको छ । 

साउन महिनामा सुनको माग बढ्ने गरेकोले पनि यसको भाउ बढेको बताइएको छ । माग बढेसँगै सुनको मुल्य हालसम्मकै महँगो बनेको छ ।

 

प्रतिकृया दिनुहोस