विप्लव वितण्डा : २० जिल्लाका एनसेल टावरमा आगजनी र विष्फोट
काठमाडौं । प्रतिबन्धित ‘विप्लव समूह’ले देशभरका २३ भन्दा बढी एनसेल टावरमा आगजनी तथा विष्फोट गरेको छ ।
अधिकांश टावरमा बुधवार राति र बिहीबार विहान आगजनी तथा विष्फोट गरिएको हो । आगजनीबाट २० जिल्लाका २३ भन्दा बढी एनसेल टावरमा सामान्य क्षती पुगेको प्रहरी प्रवक्ता (डिआईजी) विश्वराज पोखरेलले जानकारी दिए ।
आगजनी तथा विष्फोटमा संलग्न एक जना विप्लव समूहका कार्यकर्तालाई प्रहरीले अर्घाखाँचीबाट पक्रेको छ ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिका स्थित संखुमा रहेको एनसेल टावर नजिकै विप्वल समूहले छाडेर गएको प्रेशर कुकुर बम नेपाली सेनाले निष्क्रिय बनाएको छ । शंखुमा रहेको एनसेल टावरमा आगजनीका कारण सामान्य क्षती पुगेको ललितपुर प्रहरीले जनाएको छ ।
विप्लवका कार्यकर्ताले झापाको अर्जुनधारा नगरपालिका–१० कालिकामा रहेको एनसेल टावरमा बम विष्फोट गराएका छन् । विष्फोटका कारण टावरको मिटर फिडरको इन्सुलेसनको भागमा क्षति पुगेको छ ।
त्यस्तै धादिङको सिद्धलोक गाउँपालिका–६ स्थित टावरमा आगजनी तथा विष्फोट गरिएको छ ।
कहाँ–कहाँ भयो आगजनी ?
–रुपन्देहीको गैडहवा गापा–२ सानो धुपही स्थित एनसेल टावरमा आगजनी । विप्लवका कार्यकर्ताले टावरको बाहिरी जाली काटेर दुलो बनाई भित्र छिरेर आगजनी गरेको प्रहरीले जनाएको छ ।
– कैलालीको धनगढी उप–महानगरपालिका–६ स्थित एनसेल टावरमा आगजनी । जेनेरेटर र कन्ट्रोल बक्समा क्षती पुगेको ।
–कैलालीको गोदावरी नपा–९ स्थित टावरको मेन मिटरको तार जलेर सामान्य क्षती, नेटवर्क अवरुद्ध ।
–नवलपरासी पुर्वको कावासोती नगरपालिका–८ मगरकोट स्थित एनसेल टावरमा बुधवार दिउँसो आगजनी । टावरमा रहेको जेनेरेटर पुर्ण रुपमा क्षती । बोरामा मट्टितेल हालेर आगो लगाएको प्रहरीको अनुसन्धानबाट खुलेको ।
–सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१ स्थित एनसेल टावरको मुनि सिडीन्डर बम विष्फोटको प्रयास तर असफल । आगजनीबाट टावरमा सामान्य क्षति ।
– डडेलधुराको आलिताल गापा–२ काफली स्थित एनसेल टावरमा बुधवार दिउँसो आगजनी । अहिले काफली आसपासमा नेटवर्क अवरुद्ध भएको ।
–धादिङको धुनिवेशी नपा ४ देविस्थान स्थित टावरमा आगजनी गर्दा जेनेरेटर तार र ब्याट्रिमा क्षती पुगेको । आजगनीको कारण नेटवर्क अवरुद्ध ।
–बाँकेको नेपालगञ्ज उप-महानगरपालिका निहामुदरपुरमा रहेको टावरमा आगजनीका कारण क्षति पुगेको ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस