सामाजिक सञ्जालको दुरुपयोगले हिंसाको घटना बढ्यो
काठमाडौं । प्रहरीले सामाजिक सञ्जालको दुरुपयोग हुँदा हिंसाका घटना बढेको जनाएको छ ।
घरपरिवारले बालबालिकाको गतिविधिमा निगरानी गरी सामाजिक सञ्जाललाई सही कामका लागि प्रयोग गर्न सिकाउनसके हिंसाका घटना न्यूनिकरण गर्न सहयोग पुग्ने महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले बताए ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज काठमाडौँमा आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले समाजमा लैैङ्गिक हिंसा हुनुका प्रमुख कारण सामाजिक सञ्जाल रहेको दाबी गरेका छन् ।
सबै मिलेर अगाडि बढ्नसके शान्त, सुरक्षित तथा सभ्य समाज निर्माण गर्न सकिने चर्चा गर्दै उहाँले समाजमा कुनै पनि शङ्कास्पद गतिविधि भएमा तत्काल १०० नम्बरमा कल गर्ने बानी बसाल्नसमेत अनुरोध गरे ।
नेपाल प्रहरीले समाजमा अपराध नियन्त्रण गरी शान्ति सुरक्षा कायम गर्न गत वर्षको कार्तिक देखि समुदाय–प्रहरी साझेदारी अभियान शुरु गरेको थियो । उक्त अभियानका कारण समुदाय र प्रहरीको सम्बन्ध प्रगाढ बन्दै गएको र आपराधिक घटना बाहिर ल्याउन सहयोग पुगेको प्रहरीको निष्कर्ष छ ।
प्रहरीले अहिले विद्यालयदेखि विभिन्न जिल्लामा पालिका समिति निर्माण गरेर गाउँगाउँमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस