सुनसहित तामाङ पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नं को एनएक्स मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई आज साँझ पक्राउ गरेको हो ।
वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले तामाङलाई पक्राउ गरिएको जानकारी दिए । “नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्र थाहा हुन्छ”, उनले भने ।
सुन केरुङ नाका हुँदै काठमाडौँ भित्रिएको प्रारम्भिक अनुसन्धानले बताए पनि तामाङसँग थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस