वीरगन्जको ड्राइपोर्ट नजिकै ८९ किलो गाँजा बरामद
काठमाडौं । पर्सास्थित वीरगन्ज महानगरपालिका–२५ ड्राइपोर्ट बहुअरी नजिकैको सडकखण्डबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
मंगलबार बिहान नेपालबाट भारततर्फ जाँदै गरेको बिआर २८ जि २००७ नम्बरको बोलेरो गाडी चेकजाँच गर्दा ८९ किलो गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।
(1).jpg)
बोलेरो गाडीमा फल्स बटम बनाएर लुकाएर भारततर्फ गाँजा लाँदै गरेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महोत्तरीका नूर महमद हुसेन, भारत बिहार घर भएका आलम साइन, भारत बिहारका इर्साद साइन र बिहारकै सुनिल साह छन् ।
गाँजा तस्करीमा संलग्नहरुबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
(1).jpg)
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस