बालिकालाई दुर्व्यवहार गर्ने पक्राउ
काठमाडौं । सुनसरीको रामधुनी गाउँपालिका–५ झुम्का बजारनजिकै बस्ने १० वर्षीया बालिकालाई दुर्व्यवहार गर्ने भीम गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
३५ वर्षीय भीमले बालिकालाई कोही नभएको मौका छोपेर ललाई फकाई भान्साकोठामा अश्लील फोटो भिडियो देखाउँदै दुर्व्यवहार गरेका थिए । उनले बालिकालाई अश्लील भिडियो देखाएर आफ्ना याैनांग देखाउँदै बालिकको संवेदनशील अंग छामेर मुख, छाती र गुप्तांगमा चुम्बन गरेको इलाका प्रहरी कार्यालय पकलीले जनाएको छ ।
यसभन्दा पहिले पनि ती बालिकासँग जिस्किने, चल्ने र सुम्सुम्याउने गर्दै आएका भीमविरुद्ध जबरजस्ती करणी उद्योगमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पकलीका निरीक्षक जितेश दाहालले जानकारी दिए ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस