• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

राप्रविसंको आयोजनामा फुटसल प्रतियोगिता 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन हिकास्ट ईकाइ कार्यसमितिले अन्तर सेमेष्टर फुटसल प्रतियोगिताको आयोजना गरेको छ ।विजी फुटसल कलंकीमा आयोजित दुई दिने सो प्रतियोगिताको उद्घाटन राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मनोज ढुङ्गेलले गरेका थिए । 
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

राप्रविसं हिकास्टका ईकाइ अध्यक्ष प्रगति गौतमको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा विशिष्ट अतिथिको रुपमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष महेश बहादुर सिंह तथा अतिथीको रुपमा संगठनका उपाध्यक्ष शशि भण्डारी, महासचिव जनक फडेरा, प्रवक्ता छत्र खडायत लगायतको उपस्थिति रहेको थियो । 

उक्त समारोहमा उल्लेख्य संख्यामा  विद्यार्थीहरु राप्रविसंमा प्रवेश गरेका थिए । राप्रविसंले हरेक बर्ष विभिन्न खेलकुदका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

प्रतिकृया दिनुहोस