रनको वर्षा भएको खेलमा कतारलाई हराउँदै कुवेत विजयी
काठमाडौं । टी–२० विश्वकपको एसियाली छनौट प्रतियोगिता अन्तर्गत आजको खेलमा कुवेत विजयी भएको छ । दुबै टोलीले शानदार ब्याटिङ गरेको यस खेलमा कतारलाई १० रनले पन्छाउँदै कुवेतले २ अंक जोड्न सफल भयो ।
यसअघि टस जितेर कतारले पहिले फिल्डीङ गर्ने निर्णय गरेपछि कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ९७ रन बनाउन सफल भयो । टोलीको लागि प्लेयर अफ द म्याच अदनान इद्रिसले ३२ बलमा ८ चौका र २ छक्का सहति ५६ रन बनाए । त्यस्तै कप्तान मोहम्मद काशिफले ४३ र मित भवसारले ३५ रन बनाए ।
बलिङतर्फ कतारका इक्वाल हुसेन र नौमान सरवारले समान २ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको कतारले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८७ रन मात्र बनाउन सक्यो । उसका लागि कप्तान तमूर सज्जादले ३२ बलमा ३ चौका र २ छक्का सहित नटआउट ४६ रन बनाए । त्यस्तै नौमान सरवारले नटआउट ३४ र फैसल जाभेदले २४ रन बनाए ।
कुवेतको लागि बलिङतर्फ जण्डु हामुद र शिराज खानले समान २ विकेट लिए ।
यो सँगै कुवेतको ३ खेलबाट ३ अंक भएको छ भने कतारको ३ खेलपछि २ अंकमात्र भएको छ । हालसम्म दुई खेल खेलेको नेपालको भने २ अंकमात्र रहेको छ ।


प्रतिकृया दिनुहोस