नेपाल फिफा वरीयतामा एक स्थान तल
काठमाडौं । फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल १६६ औँ स्थानमा झरेको हो ।
यसअघि नेपाल १६५ औँ स्थानमा रहेको थियो ।
दक्षिण एसियाली देशहरुमा भने नेपाल तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा माथि भारत १०३ औँ स्थानमा र माल्दिभ्स १५२ औं स्थानमा छन् ।
नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम रहेको छ । त्यसैगरी ब्राजिल दोस्रो स्थानमा रहँदा फ्रान्स तेस्रो, इङ्ल्यान्ड चौथो र उरुग्वे पाँचौं स्थानमा छन् ।
पोर्चुगल छैटौँ र क्रोएसिया सातौँ स्थानमा छन् । कोलम्बिया आठौँ स्थानमा उक्लेको छ । स्पेन दुई स्थान तल झर्दै नवौँ स्थानमा पुगेको छ ।
अर्जेन्टना एक स्थान सुधार गर्दै शीर्ष दशमा परेको छ ।


प्रतिकृया दिनुहोस