श्रृङ्लाबद्ध 'सुईरो आतंक'मा संलग्न युवा फेरी पक्राउ
काठमाडौं । काठमाडौंको डल्लु, पकनाजोल र ठहिटी क्षेत्रमा सुई आतंक मच्चाउने रामेछापका सन्तोष कार्कीलाई प्रहरीले फेरी पक्रेको छ । रामेछापको खाँडादेवी घर भएका सन्तोषलाई प्रहरीले पहिलोपटक १२ असारमा पक्रेर मुद्धा चलाएको थियो ।
जिल्ला अदालत काठमाडौंले ३ लाख धरौटीमा छाड्न आदेश दिएपछि उनलाई पुनः पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए । ‘महानगरीय प्रहरी वृत लैनचौरमा सन्तोषको नाममा अर्को मुद्धा थियो’ डिएसपी बोगटीले भने, ‘त्यसैले अदालतबाट छुटेपछी अर्को मुद्धाको लागी नियन्त्रणमा लिइएको हो ।’
महिलामाथि काँटी घोपेर अपमानजनक व्यावहार मुद्धामा धरौटीमा छुटेका कार्कीमाथि अभद्र ब्यवहारमा फेरी अनुसन्धान भईरहेको डिएसपी बोगटीले जानकारी दिए । कार्कीले सोह्रखुट्टेकी एक महिलालाई दुई पटक सुईरोले घोपेका थिए ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस