ज्ञानेन्द्र मल्लकाे विस्फोटक ब्याटिङ, नेपालले मलेसियालाई ७ विकेटले हरायाे
काठमाडौं । टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । ज्ञानेनद्र मल्ले विस्फोटक ब्याटिङ गरेपछि नेपालले १ ओभर बाँकी छँदै खेल जितेको हो ।
वर्षाका कारण खेल ९ ओभरमा छोट्याइएको थियो ।
सिंगापुरको इन्डियन एसोसियसन मैदानमा मलेसियाले टस हारेर पहिले ब्याटिङ गर्दै ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको थियो । उसका लागि सइद अजिजले ३० रनको योगदान दिए । उनले १५ बलमा ५ चौका र एक छक्काको मद्दतमा ३० रन बनाएका हुन् ।
यस्तै, भिरानदिप सिंहले २१ र अमिउद्दिन राम्लीले ५ रन जोड्दा अन्य व्याट्सम्यानले सम्झनलायक रन जोड्न सकेनन् ।
नेपालका लागि सोमपाल कामीले ३ विकेट लिए । यस्तै, वसन्त रेग्मीले २ तथा सन्दीप लामिछाने र करण केसीले समान १-१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको नेपनलले ८ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेट्टायो । नेपालका लागि ज्ञानेन्द्र मल्लले ५१ रनको विस्फाेटक पारी खेले । उनले २० बलमा ५ चौका र ३ छक्काको मद्दतमा ५१ रन जोडेका हुन् । यस्तै प्रदीप ऐरीले १२, विनोद भण्डारीले १३ र दीपेन्द्रसिं ऐरीले २ रन जोडे ।


प्रतिकृया दिनुहोस