• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

टी–२० एसियाली छनोट : नेपाल कतारसँग पराजित

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । टी–२० विश्वकपको एसियाली छनोटमा नेपालले खराब सुरुआत गरेको छ । पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ । 

सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेर नेपालले १ सय २२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान पारस खड्काले २८ रन बनाउँदा ज्ञानेन्द्र मल्लले २३ रन जोडे । यस्तै, दीपेन्द्रसिंह ऐरीले ३४, शरद भेषवाकरले ७, सोमपाल कामीले ११, सन्दीप लामिछानेले ९, विनोद भण्डारीले ३ र करण केसीले ४ रन जोडे ।

कतारका लागि नोमन सरवार, इकवाल हसन र तमोर साजदले समान २-२ तथा इनाम उलले १ विकेट लिए ।

१ सय २३ रनको लक्ष्य पछ्याएको कतारले १९ ओभर दुई बलमा ६ विकेट गुमाएर पूरा गर्‍याे । कतारका लागि इनाम उल हकले ४१ रनको पारी खेले । यस्तै, कमरान खानले २२ र जाहिर इब्राहिमले १२ रन जोडे ।

नेपालका सन्दीप लामिछानेले ३ तथा करण केसीले १ विकेट लिए । नेपालले आफ्नो दोस्रो खेल बुधबार मलेसियासँग खेल्ने छ ।
 

प्रतिकृया दिनुहोस