जबरजस्ती चोरी मुद्धामा फरार छेदन पक्राउ
काठमाडौं । अर्काको घरमा छिरेर हतियार देखाउँदै जबरजस्ती चोरी गरेको मुद्धामा फरार रहेका छेदन लामालाई प्रहरीले पक्रेको छ ।
काभ्रेको रोशी गाउँपालिका–१ घर भएका छेदनले काठमाडौं–२३ मा रहेको भुतनाथ मैदीको घरमा प्रवेश गरी हतियार देखाएर सुन र नगद चोरेर भागेका थिए ।
०७१ मा भुतनाथको घरबाट २ लाख ६६ हजार नगद र सुन चोरेको मुद्धामा काठमाडौं जिल्ला अदालतले ४ बर्ष कैद सजाय हुने फैसला गरेको छ ।
तीन लाख १४ हजार जरिवाना समेतको फैसला भएसँगै फरार भएका छेदनलाई कुपण्डोलबाट पक्राउ गरिएको प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले जनाएको छ ।
सिआईबीका अनुसार ०७१ मंसिरमा छेदनको मुद्धा जिल्ला अदालतले फैसला गरेको थियो ।
अदालतको आदेशले छेदनलाई कैद भुक्तानीका लागी केन्द्रिय कारागार सुन्धारा पठाईएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस