• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

बगाह चौकीका असई घुस सहित पक्राउ 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । रुपन्देहीको बगाह प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई)लाई अख्तियारले घुस सहित पक्रेको छ । 

बगाहमा कार्यरत असई प्रेम बहादुर थापालाई तीन हजार पाँचसय घुस रकम सहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ । 

असई थापाले सेवाग्राहीहरुको हार्डवेयरका सामानहरु बिक्री वितरणको लागी सहज बनाईदिने भन्दै पटक पटक घुस मागेर हैरनी दिएको बताइएको छ । 

अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले आईतबार उनलाई रुपन्देहीको ओमसतिया गाउँपालिका–४ स्थित रेष्टुरेण्टबाट पक्राउ गरेको आयोगले जनाएको छ ।


 

प्रतिकृया दिनुहोस