बुद्धचित्तको मालासहित चारजना पक्राउ
काठमाडौं । अबैध रुपमा काभ्रेबाट काठमाडौं तर्फ ल्याउँदै गरेको बुद्धचित्तको मालासहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुरको सुर्यविनायकमा बा.२ ज ५२२३ नम्बरको ट्याक्सी चेक गर्दा अवैध रुपमा ल्याउँदै गरेको १ सय किलो बुद्धचित्तको दाना सहित चारजनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं–७ बसुन्धारा बस्ने शुक्र लामा, दोलखा भिमेश्वरका रोशन कार्की, रामेछाप सुनापतीका रुपेश लामा र ट्याक्सी चालक बिनोद माझी रहेका छन् ।
बन कार्यालयको निकाशी पुर्जी र गाउँपालिकामा कर तिरेको रसिद बिना उनीहरुले अवैध रुपमा बुद्धचित्तको दाना ल्याएको महानगरीय प्रहरी वृत जगातिले जनाएको छ ।
माला कहाँबाट कसरी ल्याईयो भन्नेबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
काभ्रे, रामेछाप र सिन्धुली लगायतका जिल्लामा पाईने बुद्धचित्तको दाना महंगो मूल्यामा चीन निकाशी हुँदै आएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस