ललित स्मृति यू-१८ फुटबलको उपाधि ब्रिगेड ब्वाइजलाई
काठमाडौं । ब्रिगेड ब्वाइज क्लबले तेस्रो ललित स्मृति यू–१८ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
एन्फा मैदान सातदोबाटोमा आइतबार भएको फाइनल खेलमा ब्रिगेडले नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
ब्रिगेडको जितमा ब्रिजेस चौधरीले गरेको गोल नै निर्णायक बन्यो ।
पुलिसले सेमिफाइनलमा जावलाखेल युथ क्लबलाई पराजित गरेर फाइनलमा स्थान बनाएको थियो । ब्रिगेड ब्वाइजले मनाङ मस्स्र्याङ्दी क्लबलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
उपाधिसँगै ब्रिगेड ब्वाइजले नगद ३ लाख हात पार्यो भने उप बिजेता भएको पुलिसले १ लाख ५० हजारमा चित्त बुझायो ।
खेलमा उत्कृष्ट डिफेन्डर नेपाल पुलिसका विशाल बस्नेत बने । त्रिभुवन आर्मीका विशाल सुनार उत्कृष्ट गोलकिपर र उत्कृष्ट फरवार्ड पनि ब्रिगेडकै ब्रिजेश चौधरी बने । उनीहरुले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगितामा ए डिभिजन लिग खेल्ने १४ क्लबका १८ वर्षमुनिका टिम सहभागी थिए ।


प्रतिकृया दिनुहोस