• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भेडा गाेठालामाथि खुकुरी प्रहार

भोजपुर । भोजपुर र खोटाङको सिमाना मैयुङ क्षेत्रमा भेडीगोठका एक गोठालालाई दुई युवाले खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

टेम्केमैयुङ गाउँपालिका वडा नम्बर १ स्थित खर्कमा भेडा चराइरहेका षडानन्द नगरपालिका ९, किमालुङ निगालेका तेजिन्द्र बस्नेतलाई खोटाङको केपिलासगढी गाउँपालिका १ का सुमन राई र सिंगराज राईले धारिलो खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए ।

बिहीबार साँझ करिब ५ बजेतिर टेम्केमैयुङ गाउँपालिका १, तिम्मामा पर्ने मैयुङडाँडाको घोडटार भन्ने स्थानमा भेडा चराइरहेका बस्नेतमाथि खुकरी प्रहार भएको हो ।

जबरजस्ती आफ्नो गोजीमा हात लगाएपछि ‘किन हात लगाएको’ भन्दा उल्टै खुकुरी झिकेर प्रहार गरेको प्रहरी निरीक्षक राजवंशीले बताए ।

खुट्टामा गहिरो चोट लागेका बस्नेतलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । खुकुरी प्रहार गर्ने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस