• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

भारतीय बम र प्रविधिले विप्लव समूहलाई धोका

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । विप्लव समूहभित्र गम्भीर प्राविधिक संकट पैदा भएको छ । सो समूहले जानेको बम बनाउने प्रविधिमै आधारभूत गल्ती भएको पुष्टि भएको छ । 

उसका एक कार्यकर्ता रामबहादुर सिंह राजेश आफैंले बोकेको बम विस्फाेट भएर मारिएका छन् । कैलालीको धनगढी उपमहानगरपालिकाको एक होटलमा राजेशले बोकेको बम विस्फाेट भएको थियो ।

यसअघि काठमाडौं उपत्यकामा विभिन्न ठाउँमा बम विस्फाेट गराउन खोज्दा पनि विप्लव समूहका कार्यकर्ताहरु मारिनुका साथै घाइते भएका थिए । 

उनीहरुले बम बनाउने प्रविधिमै आधारभूत त्रुटि रहेको प्रष्ट भएको छ ।

विप्लव समूह बम बनाउने प्रविधिमा भारतीयहरुको भर पर्दा यस्तो अवस्था आएको कतिपयको बुझाइ छ । कतिपयले भने भारतबाट आयात गर्दा नै बममा प्रयोग हुने उपकरणहरु कमसल परेको हुनसक्ने आँकलन गरेका छन् । 

धनगढीमा आफैंले बोकेको बम विस्फाेट भएर मारिएका राजेश विप्लव समूहका कार्यकर्ता भएको पुष्टि भएको छ । विप्लव समूहले धनगढीमा ब्यापक चन्दा आतंक चलाइरहेको छ । चन्दा नदिने कसैको घरमा विस्फाेट गर्न लगिएको बम आफै पड्किएको प्रारम्भिक अनुमान प्रहरीहरुको छ । 

राजेशका साथी लक्ष्मण सेरेला भने विस्फाेटबाट घाइते भएका छन् । उनीहरु दुवै जना माओवादीका पूर्व लडाकू रहेको बताइएको छ । 

घटनामा परी तीन जना सर्वसाधारण घाइते भएका छन् । 

विप्लव समूहले मृतक राजेश आफ्ना कार्यकर्ता भएको पुष्टि गर्दै उनले आत्मरक्षाका लागि बम बोकेको दाबी गरेको छ । 
 

प्रतिकृया दिनुहोस