जिम्बावे क्रिकेट बोर्ड निलम्बित
काठमाडौं । जिम्बावे क्रिकेट बोर्ड निलम्बनमा परेको छ । बिहीबार लन्डनमा बसेको अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले जिम्बावेलाई निलम्बन गर्ने निर्णय गरेको हो ।
जिम्बावे टेस्ट मान्यता प्राप्त राष्ट्र हो । आईसीसीले सरकारी हस्तक्षेप,राजनीतिक कारण र आईसीसीको संबिधान विपरित काम गरेको भन्दै जिम्बावेलाई निलम्बन लगाएको हो ।
यो सँगै अक्टोबरमा यूएईमा हुने टी ट्वान्टी ग्लोबल विश्वकप छनोट जिम्बावेले खेल्न पाउने सम्भावना न्यून रहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस