• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

भन्टा खेती कस्तो हावापानी र माटोमा राम्राे हुन्छ ?

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । भन्टा स्वास्थ्यका लागि अति महत्वपूर्ण पौष्टिक तत्व भएको तरकारी हो । भन्टा गर्मी मौसममा फल्ने तरकारी हो । भन्टा खेतीका लागि २१ देखि २७ डिग्री सेन्टिग्रेड तापक्रम उपयुक्त मानिन्छ । 

भन्टाका लागि १५ डिग्रीदेखि तल र ३५ डिग्रीदेखि माथिको तापक्रम भयो भने फल राम्रो नलाग्ने हुन्छ । 

कस्तो माटोमा भन्टा खेती गर्ने 

सबै किसिमको माटोमा यसकाे खेती गर्न सकिने भए पनि दाेमट र बलौटे माटो उपयुक्त मानिन्छ । ५.५ देखि ६ सम्म पी.एच. भएको माटो भन्टा खेतीका लागि उत्तम मानिन्छ ।

भन्टा खेती नेपालमा उच्च पहाड, मध्य पहाड र तराई सबै ठाउँमा गर्न सकिन्छ । तर फरकफरक समयमा यसकाे खेती गर्नुपर्दछ । 

उच्च पहाडमा चैतमा बिउ छरेर वैशाखमा रोप्दा उत्तम मानिन्छ । मध्य पहाडमा माघमा बिउ राखेर फागुनमा बेर्ना सार्दा उत्तम मानिन्छ भने तराईमा भदौमा बिउ राखेर असोजमा बेर्ना सार्दा फल राम्रो दिन्छ । 

बेर्ना सार्दा ४५ दिनभन्दा माथिको र ६० दिनसम्मको बेर्ना सार्दा उत्तम हुने कृषि विज्ञकाे भनाइ छ ।

प्रतिकृया दिनुहोस