• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

कारको डिकीमा एक सय २० किलो गाँजा  

राजेश भण्डारी

राजेश भण्डारी

काठमाडौं । नेपालबाट भारततर्फ जाँदै गरेको कारको डिकीबाट प्रहरीले एक सय २० किलो गाँजा बरामद गरेको छ । 

बुधबार पर्साका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र राठौरको कमान्डमा खटिएको टोलीले वीरगन्जको बगहीबाट एक सय २० किलो गाँजासहित चार जनालाई पक्राउ गरेको हो । 

वीरगन्ज महानगरपालिका–२८ बगहीबाट गाँजासहित पक्राउ पर्नेहरूमा सर्लाही घर भएका रमेश लामिछाने, पर्साको पटेर्वासुगौली बस्ने प्रेम दास, पर्सा प्रसौनीका राजेश खवास र सर्लाहीका डम्मर मणि घिमिरे छन् । 

भारतीय नम्बर ‘बिआर ०१ डिबी ०००३’को कारमा उक्त गाँजा नेपालबाट भारततर्फ तस्करी हुँदै गरेको सूचनाका आधामा उनीहरूलाई नियन्त्रणमा लिइएको पर्साका एसपी सोमेन्द्र राठौरले जानकारी दिए । 

सर्लाही लालबन्दीका रमेश लामिछानेले कार चलाएका थिए । प्रहरीले प्रेम दासले चलाएको ना २४ प ८७६४ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ । 

प्रतिकृया दिनुहोस