इङ्ल्यान्ड एकदिवसीय वरीयताको शीर्ष स्थानमा

काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट २०१९ को च्याम्पियन इङ्ल्यान्ड आईसीसी एकदिवसीय विश्व वरीयताको शीर्ष स्थानमा पुगेको छ ।
आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा पहिलोपटक विश्वकप क्रिकेटको उपाधि जितेको इङ्ल्यान्ड १ सय २५ अंक सहित शीर्ष स्थानमा उक्लिएको हो ।
त्यसैगरी सेमिफाइनलबाट बाहिरिएको भारत १ सय २२ अंकसहित दोस्रो वरियताको दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी विश्वकपको उपविजेता टोली न्यूजिल्यान्ड तेस्रो स्थानमा रहेको छ । अस्टे«लिया चौथो स्थानमा रहेको छ भने दक्षिण अफ्रिका पाँचौं स्थानमा छ ।
ब्याटिङतर्फ भारतका कप्तान विराट कोहली शीर्षस्थानमै यथावत् रहेका छन् । दोस्रो स्थानमा भारतकै रोहित शर्मा रहेका छन् ।
पाकिस्तानका बाबर आजम तेस्रो, दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस चौथो तथा न्युजिल्यान्डका रोस टेयलर पाँचौं स्थानमा रहेका छन् ।
बलिङतर्फ भारतका जसप्रित बुम्रराह शीर्ष स्थानमा छन् । न्यूजिल्यान्डका टेन्ट बोल्ट दोस्रो, दक्षिण अफ्रिकाका कागिसो रबडा तेस्रो, अस्टे«लियाका प्याट कुमिन्स चौथो तथा दक्षिण अफ्रिकाका इमरान ताहिर पाँचौं नम्बरमा छन् ।
अलराउन्डरतर्फ बंगलादेशका सकिब अल हसन शीर्ष स्थानमा रहेका छन् । तयसैगरी इङ्ल्यान्डका वेन स्ट्रोक्स दोस्रो स्थानमा रहेका छन् ।
प्रतिकृया दिनुहोस