English

खेलकुद

न्युजिल्यान्डले इंग्ल्यान्डलाई २ सय ४२ रनको लक्ष्य दियो

sunrisekhabar

काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा न्युजिल्यान्डले इंग्ल्यान्डलाई २ सय ४२ रनको लक्ष्य दिएको छ । लर्डसमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ४१ रन बनायो । न्युजिल्यान्डका लागि ओपनर हेनेरी निकोलसले ५५ रन जोडे । 

यस्तै, टम लेथमलले ४७, केन विलियमसनले ३०, मार्टिन गुप्टिलले १९, रोश टेलरले १५, जेम्श निशमले १९, कोलिन डी ग्राण्डहोमले १६ र मिचेल सान्टनारले ५ रन जोडे ।

इंग्ल्यान्डका लागि लियाम प्लान्केट र  क्रिस वोक्सले समान ३ विकेट लिए । यस्तै, जोफ्रा आर्चर र मार्क उडले एकएक विकेट लिए ।

केही बेरपछि इंग्ल्याण्डले जवाफी ब्याटिङ गर्नेछ । 
 

प्राप्त प्रतिक्रिया
तपाईँको मत