नेपालले मलेसियालाई ६ रनले हरायो
काठमाडौं । दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई ६ रनले हराएको छ । मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ७३ रन बनाएको थियो ।
नेपालका लागि मध्यक्रमका विनोद भण्डारीले २५ बलमा ३ चौका र ५ छक्का को मद्दतमा नटआउट ५१ रन जोडे ।
यस्तै, शरद भेषावकरले ४०, पारस खड्काले २३, पवन सर्राफले १०, ज्ञानेन्द्र मल्लले ७, रोहित कुमार पौडेलले १९, र करण केसीले १६ रन जोडे ।
बलिङमा मलेसियाका फित्री सामले ३ तथा सायद अजिज र मुनिएन्डीले एकएक विकेट लिए ।
१ सय ७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६७ रन बनायो ।
मलेसियाका लागि ओपनर सैद अजिजले ३७ बलमा ७ चौका र १ छक्का सहित ५० रनको योगदान दिए । यस्तैं, विरनदीप सिंहले २३, अहमद फैजले १७, शफिक शरिफले १०, अनवार अरुदीनले ७ रन, अमिनुद्दीनले २४ र मुहमद सहादतले २१ रन जोडे ।
मलेसियाको मध्यक्रमका ब्याट्सम्यानको प्रर्दशन भने खराब रह्यो ।
नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान २ विकेट लिए । यस्तै, अभिनास बोहोरा, करण केसी, र कप्तान पारस खड्काले एक- एक विकेट लिए ।
यसअघि शनिबार भएको पहिलो टी–२० खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो ।
जितसँगै नेपालले पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय सिरीज क्लिन स्विप गरेको छ ।


प्रतिकृया दिनुहोस