विश्वकप क्रिकेट : उपाधिका लागि न्युजिल्यान्ड र इङ्ल्यान्ड खेल्दै
काठमाडौं । एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार न्यूजिल्याण्ड र इङ्ल्याण्ड भिड्दै छन् ।
उपाधि भिडन्त लण्डनस्थित लर्ड्स मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ ।
न्यूजिल्याण्डले सेमिफाइनलमा उपाधि दावेदार मानिएको भारतलाई हराउँदै फाईनलमा प्रवेश गरेको हो ।
त्यसैगरी साविक विजेता अस्ट्रेलियालाई हराउँदै इङ्ल्याण्डले न्यूजिल्याण्डसँगको भेट पक्का गरेको हो ।


प्रतिकृया दिनुहोस