• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

नेपालले दियाे मलेसियालाई १ सय ७४ रनको लक्ष्य

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । दोस्रो टी–२० क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई १ सय ७४ रनको लक्ष्य दिएकाे छ ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउदै १ सय ७३ रन बनाएकाे हाे । नेपालका लागि मध्यक्रमका विनोद भण्डारीले २५ बलमा ३ चौका र ५ छक्का को मद्यतमा नटआउट ५१ रन जोडे । 

यस्तै, शरद भेषावकरले ४०, पारस खड्काले २३, पवन सर्राफले १०, ज्ञानेन्द्र मल्लले ७, रोहित कुमार पौडेलले १९, र करण केसीले १६ रन जोडे । बलिङमा मलेसियाका फित्री सामले ३ तथा सायद अजिज र मुनिएन्डीले एकएक विकेट लिए ।

यसअघि शनिबार भएको पहिलो टी–२० खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको थियो । 
 

प्रतिकृया दिनुहोस