मिठाई पसलमा घुस लिँदालिँदै चार प्रहरी अख्तियारको नियन्त्रणमा
काठमाडौं । सामाखुसीस्थित एक मिठाई पसलमा घुस लिँदै गरेको अवस्थामा चार जना प्रहरी जवानलाई अख्तियारले पक्राउ गरेको छ ।
ट्राफिक महाशाखा मातहत रहेको ट्राफिक प्रहरी बिट नयाँ बसपार्कमा कार्यरत प्रहरी जवान देवेन्द्र बलायर, आकाश खनाल र निरज भण्डारीलाई नियन्त्रणमा लिइएको अख्तियार प्रवक्ता (सहसचिव) प्रदीप कोइरालाले जानकारी दिए ।
पक्राउ पर्नेमा महागनरीय प्रहरी गण नम्बर–२ मा कार्यरत प्रहरी जवान हिटलर साउद पनि छन् ।
आयोगबाट खटिएको टोलीले उनीहरुको साथबाट घुसबापत लिएको रकम एक लाख रुपैयाँ बरामद गरेको छ ।
दुर्घटनामा परेको सवारीको बिमा दाबी गर्नका लागि आवश्यक कागजात तयार गर्नका लागि उनीहरुले घुस मागेको आयोगले जनाएको छ ।
पछिल्लो समय सेवाग्राहीले घुस दिन खोज्दा प्रहरीले धमाधम पक्राउ गर्दै आएका थिए । तर, शुक्रबारको घटना फरक देखिएको छ ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस