ललितपुरको जुवा अड्डामा प्रहरी छापा, २२ जना पक्राउ
काठमाडौं । प्रहरीले ललितपुरको सुनाकोठी र गोदावरीमा सञ्चालित ठूला जुवा अखडामा छापा मारेको छ ।
ललितपुर महानगरपालिका-२७ स्थित सुनाकोठीमा रामेछापका मानबहादुर श्रेष्ठको अस्थायी टहरामा जुवा खेलिरहेकाे अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेकाे छ ।
उनीहरुको साथबाट ४७ हजार नगद तथा तीन बुक ताससमेत बरामद गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
सुनाकोठीबाट पक्राउ पर्नेहरुमा अदिप राई, अशोक राई, दीपेन्द्र राई, मानबहादुर श्रेष्ठ, अनुप नगरकोटी, जीवन लामा, रेन्जी शेर्पा र दीप तामाङ छन् ।
त्यस्तै, गोदावरी नरपालिका-१० झ्यालुङटारमा रहेको ‘भ्यू कटेज’मा जुवातास खेल्दै गरेका १४ जनालाई महानगरीय प्रहरी वृत्त चापागाउँले पक्रेको छ । ‘भ्यु कटेज’को जुवाखालबाट प्रहरीले पाँच लाख रुपैयाँ नगदसमेत बरामद गरेको छ ।
सो जुवाखालबाट पक्राउ पर्नेहरुमा कृष्णचन्द्र देशार, सन्चलाल पाख्रिन, सन्तोष बजगाईं, राजु तामाङ, विजय तामाङ, नारायण भोम्जन, झलक तामाङ, विसे तामाङ, कान्छा तामाङ, रवि महर्जन र आशा तामाङलगायत छन् ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस