इंग्ल्यान्ड २७ वर्षपछि विश्वकपको फाइनलमा
काठमाडाैं । इंग्ल्यान्ड २७ वर्षपछि एक दिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।
दोस्रो सेमिफाइनलमा साविक विजेता अस्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्ड विश्वकपको फाइनल प्रवेश गरेको हो ।
२ सय २४ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेट्टायो । इंग्ल्यान्डका लागि जोसन रोयले ८५ रनको योगदान दिए । यस्तै, लागि जोनी बेयरस्टाले ३४, जो रुटले ४९ र इओन मोर्गनले ४५ रन जोडे ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सले एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९ ओभरमा अल आउट हुँदै २ सय २३ बनाएको थियो । अस्ट्रेलियाका लागि स्टिभ स्मिथले ८५ रनको योगदान दिए । यस्तै, डेविड वार्नरले ९, पिटर हेन्डस्कम्बले ४, एलेक्स केरीले ४६, ग्लेन म्याक्सवेलले २३, प्याट कमिन्सले ६, मिचेल स्टार्कले ३६ र । नाथन लायनले ५ रन जोडे ।
इंग्ल्यान्डका लागि क्रिस वोक्सल र आदिल राशिदले ३–३ विकेट लिए । यस्तै, जोफ्रा आर्चरले २ तथा मार्क उडले एक विकेट लिए ।
अब इंग्ल्यान्डले उपाधिका लागि आईतबार लर्डसमा न्युजिल्यान्डसँग खेल्ने छ । न्युजिल्यान्डले पहिलो सेमिफाइनल खेलमा भारतलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको थियो ।


प्रतिकृया दिनुहोस