न्युजिल्याण्ड विश्वकप क्रिकेटको फाइनलमा
काठमाडौं । न्युजिल्याण्ड आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रबेस गरेको छ । भारतलाई १८ रनले हराउदै न्युजिल्याण्डले फाइनलमा स्थान बनाएकाे हो ।
न्युजिल्याण्डले निर्धा्रित ५० ओभरमा ८ विकेटको गुमाएर २ सय ३९ रन बनाएको थियो । ४६ ओभर १ बलमा ५ विकेटको क्षतिमा न्युजिल्याण्डले २ सय ११ रन बनाउँदा मंगलबार वर्षाका कारण खेल अबरुद्ध भएपछि खेल आज भएको हो ।
न्युजिल्याण्डका लागि रोस टेयलरले ७४, केन विलियम्सनले ६७, हेनरी निकोलसले २८ रन बनाए ।
यसैगरी टोम लाथमले १०, मिचेल स्यान्टनरले ९, जेम्स निसमले १२, कोलिन डिले १६, रन जोडे ।
भारतका लागि भुवनेश्वर कुमारले ३ विकेट लिए । यस्तै, हार्दिक पाण्डेय, जसप्रित बुम्रराह, युजवेन्द्र चहाल र
रबिन्द्र जडेजाले १–१ विकेट लिए ।
र २ सय ४० रनको लक्ष्य सहित जवाफि व्याटिङ गरेको भारत ४९ ओभर ३ बलमा २ सय २१ रन बनाउदा अल आउट भयो ।
भारतका लागि रवीन्द्र जडेजाले ७७, महेन्द्र सिंह धोनीले ५० र हार्दिक पाण्डेया र ऋषभ पन्तले समान ३२ रन जोडे । अन्य व्याट्सम्याले सम्झन प्रदर्शन गर्न सकेनन् ।
न्युजिल्याण्डका लागि म्याट हेनरीले ३ विकेट लिए । त्यस्तै ट्रन्ट बोल्ट र मिचेल सान्टनारले समान २ विकेट लिँदा जेम्श निशमको नाममा १ विकेट रह्यो ।


प्रतिकृया दिनुहोस