भारतको खराब सुरुवात
काठमाडौं । विश्वकप क्रिकेट २०१९ को पहिलो सेमिफाइनल खेलमा २ सय ४० रन पछ्याएको भारतले खराब सुरुवात गरेको छ ।
भारतले ३ ओभर बलमा ५ रन जोड्दा तीन विकेट गुमाएको छ ।
ओपनरद्वय रोहित शर्मा, केएल राहुल र कप्तान विराट कोहली १–१ रन बनाएर आउट भएका छन् ।
अहिले दिनेश कार्तिक र रिसब पन्त व्याटिङमा छन् ।
यो समाचार तयार पार्दासम्म भारतले ६ ओभर ४ बलमा तीन विकेटको क्षतिमा जम्मा १० रन बनाएर खेलिरहेको छ ।


प्रतिकृया दिनुहोस