• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

प्रहरी निरीक्षक लालबाबुविरुद्ध मुद्दा 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । जिल्ला प्रहरी कार्यालय नुवाकोटमा कार्यरत प्रहरी निरीक्षक लालबाबुप्रसाद साहविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार इक्सपेक्टर लालबाबुविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

साहले नुवाकोट प्रहरीले लागुऔषध मुद्दामा पक्राउ गरेका अभियुक्तको ‘मुद्दा मिलाइदिन्छु’ भन्दै ९० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ । 

‘निज लालबाबुले नुवाकोटमा कार्यरत रहँदा सेवाग्राहीलाई आफ्नो छोराको बैंक खातामा रकम जम्मा गर्न लगाएको पुष्टि हुन आएको छ’, आयोगले अदालतमा दायर गरेको अभियोग पत्रमा भनिएको छ । 

अख्तियारले लालबाबुलाई भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ३ को उपदफा १ को कसूरमा लिइसकेको रिसवत जफत गरी कैद र बिगो जरिवाना हुन माग दाबी गरेको छ । 

प्रतिकृया दिनुहोस