• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

खबर स‌ंवाददाता

खबर स‌ंवाददाता

काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियामा भएको खेलमा हङ्गकङ्गलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङलाई हराएसँगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ । 

 

हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा चार विकेटको क्षतिमा पुरा गर्यो ।

नेपालका लागि पवन सर्राफले ३९, रीत गौतमले १३, रोहितकुमार पौडेलले १२, खड्कबहादुर बोहरा र भीम सार्कीले समान ८–८ रन बनाए ।

यसअघि मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।

टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४३ ओभर १ बलमा ९५ रन  बनाउँदा अलआउट भएको थियो । हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।

हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए ।

त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए ।
 

प्रतिकृया दिनुहोस