एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई
काठमाडौं । एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ । मलेसियामा भएको खेलमा हङ्गकङ्गलाई ६ विकेटले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा हङकङलाई हराएसँगै नेपाल यू–१९ एसिया कपमा छनोट भएको छ ।

हङकङले दिएको ९६ रनको लक्ष्य नेपालले १६ ओभर १ बलमा चार विकेटको क्षतिमा पुरा गर्यो ।
नेपालका लागि पवन सर्राफले ३९, रीत गौतमले १३, रोहितकुमार पौडेलले १२, खड्कबहादुर बोहरा र भीम सार्कीले समान ८–८ रन बनाए ।
यसअघि मलेसियाको क्वाललम्पुरस्थित किनरारा ओभलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो ।
टस हारेपछि पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४३ ओभर १ बलमा ९५ रन बनाउँदा अलआउट भएको थियो । हङकङका लागि कप्तान अदित गोरावाराले २४ रन बनाए भने कलहान मार्क चालुले १९ रन बनाए ।
हङकङलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ५ मेडनसहित १८ रन खर्चेर पाँच विकेट लिए ।
त्यस्तै, कमलसिंह ऐरीले ३ विकेट लिए । कुशल मल्ल र तिलक राज भण्डारी १–१ विकेट लिए ।


प्रतिकृया दिनुहोस