कोपा अमेरिका फुटबल : नवौं पटक च्याम्पियन बन्दै ब्राजिल विजयी
काठमाडाैं । कोपा अमेरिका २०१९ को उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिलले नवौं पटक उपाधि जितेको हो ।
खेलको १५ औं मिनेटमा एभरटन सोआरेसकाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पेरुका लागि खेलको ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसको एक मिनेटमा नैग्याब्रीएल जेससले गोल गर्दै ब्राजिललाई पुन अग्रता दिलाए । दोस्रो हाफको ७०औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो ।
रिचारलिसनले अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे ।


प्रतिकृया दिनुहोस