• १ असोज २०८३, बिहीबार
  • Thursday,17 September,2026

कोपा अमेरिका फुटबल : नवौं पटक च्याम्पियन बन्दै ब्राजिल विजयी

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाैं । कोपा अमेरिका २०१९ को उपाधि ब्राजिलले जितेको छ । फाइनलमा पेरुलाई ३-१ ले पराजित गर्दै ब्राजिलले नवौं पटक उपाधि जितेको हो । 

खेलको १५ औं मिनेटमा एभरटन सोआरेसकाले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । पेरुका लागि खेलको ४४ औं मिनेटमा पाओलो गुरेरोले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
त्यसको एक मिनेटमा नैग्याब्रीएल जेससले गोल गर्दै ब्राजिललाई पुन अग्रता दिलाए । दोस्रो हाफको ७०औं मिनेटमा जेसस दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भएको थियो ।

रिचारलिसनले अन्तिम समयमा पेनाल्टीमा गोल गर्दै ब्राजिलको जित पक्का गरे ।

प्रतिकृया दिनुहोस