• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

अवैध सम्बन्ध लुकाउन सासूमाथि आक्रमण 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । ‘अवैध सम्बन्ध’ खुल्ने डरले वीरगन्जमा आफ्नै बुहारीले सासूलाई धारिलो हतियार (ग्रासी) ले आक्रमण गरेकी छिन् । 

शनिबार दिउँसो पर्साको कालिकामाई गाउँपालिका -२ भेडिहारीमा इन्दुदेवी महराले  आफ्नी ५५ वर्षीया सासू राजपतीदेवी महरालाई धारिलो हतियार प्रहार गरेर गम्भीर घाइते बनाएकी हुन् । प्रहरीले इन्दुदेवीलाई पक्राउ गरेको छ । 

प्रेमीसँग कोठामा बसिरहेको बेला सासूले देखेपछि सम्बन्ध खुल्ने डरले इन्दुदेवी र उनको प्रेमी मिलेर सासूलाई आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

‘इन्दुदेवी र अर्को एक जना केटा मिलेर राजपतीदेवीलाई धारिलो हतियार प्रहार गरेको खुलेको छ’, पर्साका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्र राठौरले भने, ‘केटाले आक्रमण गरेको कुरा इन्दुदेवीले अस्वीकार गरेकी छिन्, हामी अनुसन्धान गरिरहेका छौं ।’ 

हतियार प्रहारबाट राजपतीदेवी महराको टाउकोमा गम्भीर चोट लागेको छ । वीरगन्ज न्युरो अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस