पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्ड भिड्ने
काठमाडाैं । एक दिवसीय विश्वकप क्रिकेट २०१९ मा लिग चरणका सबै खेल सकिएका छन् । त्यससँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।
लिग तालिकामा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्यान्ड पहिलो सेमिफाइनल खेल्ने छन् भने दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र तेस्रो स्थानमा रहेको इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भिड्ने छन् ।
शनिबारको अन्तिम लिग खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १० रनले हराउँदा भारतले श्रीलंकालाई ७ विकेटले हरायो ।
तीन सय २६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.५ ओभरमा सबै विकेटको क्षतिमा तीन सय १५ रनमा समेटिएको थियो । अष्ट्रेलियाका ओपनर डेविड वार्नरले एक सय २२ रनको योगदान गरेपनि टोलीको हार टार्न सकेनन् ।
विश्वकपमा वार्नरको यो तेस्रो तथा वान डे करियरको १७औं शतक हो । एलेक्स केरिले ८५, मार्कस स्टोइनिसले २२, मिचेल स्टार्कले १६, ग्लेन म्याक्सवेलले १२ र जेसन बेहरनडर्फले ११ रन बनाए ।
लोकप्रिय
-
विदेशी सम्बन्धनको नाममा विद्यार्थी झुक्याउँदै एमआईटी, विगतदेखि वर्तमानसम्म प्रश्नै प्रश्न
-
बालेनले अमेरिकी कार्यवाहक राजदूत भेटेपछि एमाले नेता थापाको प्रश्न– ‘अहंकारले देशलाई कति कूटनीतिक क्षति भयो?’
-
‘मलाई पदको लोभ छैन, नेतृत्व हस्तान्तरण गर्नु मेरो दायित्व हो’ : देउवा
-
अर्थमन्त्रीज्यू, खै नेपाली झण्डा ? कि यसमा पनि बहाना बनाउने ?


प्रतिकृया दिनुहोस