• ३१ भदौ २०८३, बुधबार
  • Wednesday,16 September,2026

पहिलो सेमिफाइनलमा भारत र न्युजिल्यान्ड भिड्ने

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडाै‌ं । एक दिवसीय विश्वकप क्रिकेट २०१९ मा लिग चरणका सबै खेल सकिएका छन् ।  त्यससँगै सेमिफाइनल समीकरण पनि पूरा भएको छ ।

लिग तालिकामा शीर्ष स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्यान्ड पहिलो सेमिफाइनल खेल्ने छन् भने दोस्रो स्थानमा रहेको डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया र  तेस्रो स्थानमा रहेको इंग्ल्यान्ड दोस्रो सेमिफाइनलमा भिड्ने छन् ।

शनिबारको अन्तिम लिग खेलमा दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई १० रनले हराउँदा भारतले श्रीलंकालाई ७ विकेटले हरायो ।

तीन सय २६ रनको विशाल लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९.५ ओभरमा सबै विकेटको क्षतिमा तीन सय १५ रनमा समेटिएको थियो । अष्ट्रेलियाका ओपनर डेविड वार्नरले एक सय २२ रनको योगदान गरेपनि टोलीको हार टार्न सकेनन् ।

विश्वकपमा वार्नरको यो तेस्रो तथा वान डे करियरको १७औं शतक हो । एलेक्स केरिले ८५, मार्कस स्टोइनिसले २२, मिचेल स्टार्कले १६, ग्लेन म्याक्सवेलले १२ र जेसन बेहरनडर्फले ११ रन बनाए ।

प्रतिकृया दिनुहोस