अफगानिस्तानको विश्वकप यात्रा जित विहीन
एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा एउटै खेल नजिती अफगानिस्तान घर फर्किएकाे छ । आफ्नो अन्तिम खेलमा वेस्ट इन्डिजसँग २३ रनले पराजित भएपछि अफगानिस्तानको विश्वकप यात्रा जित विहीन बनेको हो ।
तीन सय १२ रनको लक्ष्य पक्ष्याएको अफगानिस्तानले ५० ओभरमा अल आउट हुँदै दुई सय ८८ रन मात्र जोड्न सक्यो । अफगानिस्तानका लागि इकराम अलीखीलले ८६ रनको योगदान दिए । त्यस्तै रामत शाहले ६२, अस्गर अफगानले ४०, नजीबुउल्लाह जदरानले ३१, शमीउल्लाह शिनवारीले ६, गुलबदीन नाइबले पाँच, मोहम्मद नाबीले दुइ, राशिद खानले नौ, दवालत जदरान एक, सायद शिजायद २५ र मुजिब उर रहमानले सात रन जोडे ।
वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले चार विकेट लिए । यस्तै, केमर रोचले तीन तथा क्रिस गेल र ओसन थोमसले एकएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ११ रन बनाएको थियो ।
वेस्टइन्डिजका लागि शाई होपले ७७ रनको योगदान दिए । यस्तै, निकोलस पुरनले ५८, जोसन होल्डरले ४५, क्रिस गेलले सात, इभिन लुईसले ५८, शिमरोन हिटमायरले ३९, र कार्लोस वर्थवेटले १४ रन जोडे ।
अफगानिस्तानका लागि दवालत जदरानले दुई तथा मोहम्मद नाबी, सईद शिरजाद र राशिद खानले एकएक विकेट लिए ।


प्रतिकृया दिनुहोस