• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

नक्कली लाइसेन्स बनाउने चार जना पक्राउ 

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । काठमाडौं उपत्यकाभित्र संगठित रुपमा नक्कली सवारी चालक अनुमति पत्र बनाउने धन्दा चलाइरहेका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बुधबार काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ । 

पक्राउ पर्नेहरुमा रामेछापका मुनालकुमार मोक्तान, सिन्धुपाल्चोकका राजेशकुमार श्रेष्ठ, काठमाडौंका राधेश्याम नगरकोटी र रुपेन्द्र दर्जी छन् । 

नक्कली लाइसेन्स बनाउने सो गिरोहले यातायात व्यवस्था कार्यालयबाट स्मार्ट लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्स बनाएर रकम ठगी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेकाहरूमाथि सरकारी कागजात तथा छाप दस्तखत किर्ते मुद्दामा म्याद लिएर थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस