• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

पूर्वआईजीपी ठकुरीद्वारा अदालतमा आत्मसमर्पण

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् । 

बिहीबार ठकुरी सर्वोच्चमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । उनी सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका थिए । 

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलाशले रमेश चन्दसहित पूर्वप्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको थियो । 

पूर्वएआईजीहरू दीपकसिंह थाङदेन र डीआईजीहरू दीपक श्रेष्ठ लगायका प्रहरी उच्च अधिकारीहरूले भ्रष्टाचार गरेको ठहर भएको उक्त फैसलापछि ठकुरी फरार थिए । 

युएन मिसन अन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि आवश्यक बन्दोबस्तीका सामान एपिसी खरिदमा दोषी ठहर भएका ठकुरीलाई सर्वोच्चले एक वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको थियो ।

ठकुरीबाहेक अन्य दोषीहरूले सजाय भुक्तान गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस