पूर्वआईजीपी ठकुरीद्वारा अदालतमा आत्मसमर्पण
काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।
बिहीबार ठकुरी सर्वोच्चमा उपस्थित भएर आत्मसमर्पण गरेका हुन् । उनी सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका थिए ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको संयुक्त इजलाशले रमेश चन्दसहित पूर्वप्रहरी महानिरीक्षकहरू ओमविक्रम राणा र हेमबहादुर गुरुङलाई दोषी ठहर गरेको थियो ।
पूर्वएआईजीहरू दीपकसिंह थाङदेन र डीआईजीहरू दीपक श्रेष्ठ लगायका प्रहरी उच्च अधिकारीहरूले भ्रष्टाचार गरेको ठहर भएको उक्त फैसलापछि ठकुरी फरार थिए ।
युएन मिसन अन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि आवश्यक बन्दोबस्तीका सामान एपिसी खरिदमा दोषी ठहर भएका ठकुरीलाई सर्वोच्चले एक वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला गरेको थियो ।
ठकुरीबाहेक अन्य दोषीहरूले सजाय भुक्तान गरिसकेका छन् ।
लोकप्रिय
सम्बन्धित खवर
-
क्यासिनोबाट प्रहरी निरीक्षक र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ
-
धनुषामा प्रेम सम्बन्धले लियो युवकको ज्यान, प्रेमिकासहित तीन जना पक्राउ
-
प्रहरी निरिक्षक पुस्कर राज पन्तको अगुवाइमा डरलाग्दो अनियमितता, अख्तियारले गर्यो मुद्दा दर्ता
-
सिन्धुलीमा बैंक डकैती प्रकरण : योजनाकारसहित सात जना पक्राउ, २ करोड ६६ लाखभन्दा बढी रकम बरामद


प्रतिकृया दिनुहोस