• ३० भदौ २०८३, मंगलबार
  • Tuesday,15 September,2026

ठमेलमा ठेकेदारलाई छुरा हान्ने कुँवर प्रहरीको खोरमा

सनराइज खबर संवाददाता

सनराइज खबर संवाददाता

काठमाडौं । राजधानीको ठमेलमा गत २ जेठमा छुरा हानेर फरार भएका सफलविक्रम कुँवरलाई प्रहरीले पक्रेको छ । 

बुधबार ललितपुरको हरिसिद्धिस्थित ‘माया नेपाल रिह्याब सेन्टर’मा लुटपाट गर्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रवक्ता (डिएसपी) होविन्द्र बोगटीले जानकारी दिए । 

दोलखा घर भएका निर्माण व्यवसायी नाटासी शेर्पालाई २ जेठमा सफलबिक्रम र सुदिप गुरुङले छुरा हानेर भागेका थिए । गुरुङलाई दुई साताअघि प्रहरीले पक्राउ गरेको थियो । 

सामाखुसी घर भएका सफलविक्रम यसअघि पनि ज्यान मार्ने उद्योग, लागुऔषध र हाहतियार मुद्दामा पटकपटक गरेर चार वर्षभन्दा बढी जेल बसिसकेका छन् । उनलाई प्रहरीले छ पटक पक्रेर मुद्दा चलाएको थियो । 

यसैगरी छुरा हान्ने अर्का सुदीप गुरुङले भने यसअघि १३ पटक पक्राउ परेर कारबाही भोगिसकेका थिए । 
 

प्रतिकृया दिनुहोस